०३ साउन २०८३, आइतबार
इजलासमै दुर्व्यवहार

‘जनताका विरुद्ध फैसला गर्ने’ भन्दै न्यायाधीशमाथि छ्यापियो कालो मसी

जेठ २९, २०८२
काठमाडौं
‘जनताका विरुद्ध फैसला गर्ने’ भन्दै न्यायाधीशमाथि छ्यापियो कालो मसी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसी प्रसाद थारूमाथि कालो मसी छ्याप्ने धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ता रहेको खुलेको छ । 

बिहीबार इजलासमा अचानक प्रवेश गरेका बहुमतका कार्यकर्ताले ‘जनताका विरुद्धमा फैसला गर्ने’ भन्दै न्यायाधीश थारूमाथि कालो मसी छ्यापेका हुन् । 

‘भ्रष्टाचार गर्ने र जनताका कर खाएर जनताकै विरुद्धमा फैसला गर्ने विरुद्ध हाम्रो पार्टीले देशव्यापी यस्तै कारबाही गर्छौं’ भन्दै कालोमसी छ्यापेको भिडियोमा देखिन्छ । 

न्यायाधीशलाई कालो मसी छ्याप्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गत जेठ १४ गते न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको थियो ।

पक्राउ पर्नेमा बहुमतका केन्द्रीय सदस्यका प्युठानको गौमुखी गाउँवपालिका-६ का किशोर कुँवर (अविनास), केन्द्रीय सदस्य एवं महोत्तरी इन्चार्ज र सिरहा जिल्ला सदस्य गर्भु महतो रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्