०९ असार २०८३, मंगलबार

परराष्ट्र सम्बन्ध सबल छ : मन्त्री राणा

जेठ २९, २०८२
काठमाडौं
परराष्ट्र सम्बन्ध सबल छ : मन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै गएको बताएकी छन् । 

परराष्ट्र मन्त्रालयद्वारा आज राजधानीमा आयोजित चौथो प्राध्यापक डा यदुनाथ खनाल लेक्चर शृङ्खलामा उनले लामो परम्परागत छिमेकी नेपाल चीनले दौत्य सम्बन्धलाई गत साता दशकमा पञ्चशिलका आधारमा व्यवस्थित र आधुनिक हिसाबले अघि बढाएको बताइन् । 

चीन र नेपालले एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र एक चीन नीतिलाई पूर्ण रूपमा पालन गर्दै समृद्धि प्राप्तिका लागि निकट सहकार्य गरिरहेको भनाइ पनि उनको थियो । चीन नेपालको वैदेशिक सहायताको ठूलो स्रोत भएको बताउँदै उनले नेपाल र चीनबीच सम्पन्न बिआरआइ सम्झौताले नेपालको विकासलाई गति प्रदान गर्ने पनि बताइन् । 

“दुई देशबीच हवाई र जनस्तरका सम्बन्धको विस्तार तथा अन्य क्षेत्रमा थप गहिरो सहकार्य बढाउने सहमति भएको छ, यसबाहेक डिजिटल पूर्वाधारमा सहकार्यसमेत गरिँदैछ ।” नेपालका चीनले छोटोे समयमा गरिबी निवारणमा गरेको प्रगति अनुकरणीय रहेको पनि उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्