
नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डा खुशीप्रसाद थारुमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलमविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको विरोध भन्दै न्यायाधीशमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । उनीमाथि आज इजलासमा नै कालोमोसो प्रहार गरिएको थियो ।