१० साउन २०८३, आइतबार
सडक स्तरोन्नति गरिँदै

मुग्लिन-मलेखु सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने

जेठ ३०, २०८२
काठमाडौं
मुग्लिन-मलेखु सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने
फाइल तस्वीर

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति साढे चार घण्टा बन्द हुने भएको छ । आजदेखि असार ७ गतेसम्म राति सवारी आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्न लागिएको हो । 

नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । 

बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको उनले बताए । 

राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने उनले जानकारी दिए । 

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन् । 

यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्