२९ जेठ २०८३, शुक्रबार

सीट नम्बर ११ए– जसले बचायो रमेशकुमार विश्वासको ज्यान

जेठ ३०, २०८२
काठमाडौं
सीट नम्बर ११ए– जसले बचायो रमेशकुमार विश्वासको ज्यान

विमानको सीट 11A बन्यो जीवनरक्षक, रमेश विश्वास कुमारको यसरी बच्यो ज्यान

एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार २४२ मध्ये एक जनाको मात्र ज्यान जोगियो ।

भारतको अहमदावादबाट बेलायतका लागि उडेको विमान विमानस्थलनजिकै आवासीय क्षेत्रमा बिहीबार दुर्घटनामा परेको थियो ।

उक्त विमानमा सवार रमेशकुमार विश्वास नामक एक व्यक्तिको ज्यान जोगियो । उनी सीट नम्बर ११ए मा बसेका थिए ।

इकोनोमी क्लासको सबैभन्दा अगाडि तथा बिजनेस क्लासभन्दा ठ्याक्कैपछाडि रहेको उनको यही सिट चामत्कारिक ढंगले ज्यान बचाउने माध्यम बन्यो ।

विमानको सामान्य सिटिङ संरचनाअनुसार सबैभन्दा अगाडि बिजनेस क्लास, त्यसपछि इकोनोमी क्लास र बीचमा मुख्य आपतकालीन निकास (Main Emergency Exit) हुन्छ। रमेश त्यसको मुखैमा पर्ने ११ए नम्बर सीटमा बसेका थिए।

null

रमेशको सीट आपतकालीन ढोकासँगै रहेकाले उनी बाहिर पुगे ।

विशेषज्ञहरूका अनुसार, इमर्जेन्सी निकाससँगको सीट यात्रुहरूको सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील र उपयोगी मानिन्छ। त्यस्ता सीटहरूबाट आपतकालीन अवस्थाको समयमा यात्रुलाई तुरुन्त बाहिर निकाल्न सकिन्छ।

एयर इन्डियाका विमानमा तीन किसिमका आपतकालीन ढोका हुने गर्छन्:

फर्वार्ड एग्जिट (अगाडिको ढोका)

मिड एग्जिट (बीचको ढोका)

आफ्ट एग्जिट (पछाडिको ढोका)

रमेश बसेको 11A सीट मुख्य ढोकासँग जोडिएको फर्वार्ड एग्जिटको छेउमा पर्छ। यही कारणले गर्दा उनी सुरक्षित रहन सफल भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्