१० साउन २०८३, आइतबार

अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी

जेठ ३१, २०८२
काठमाडौं
अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी

इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरूका सैन्य अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ । 

इजरायलमाथि गरिएको इरानी जवाफी प्रहारलाई अवरुद्ध गर्न सहयोग गरे, उनीहरूको सैन्य अड्डा र युद्धपोतहरू निशानामा पर्ने इरानको भनाइ छ । 

इजरायलले इरानका आणविक र सैनिक केन्द्रमा आक्रमण गरेपछि इरानले शनिबार व्यापक रूपमा मिसाइल र ड्रोन प्रहार गरेको छ । जवाफस्वरूप इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरूले इजरायलमा कम्तीमा चार जनाको मृत्यु गराएको र दर्जनौं घाइते बनाएको छ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इजरायललाई ‘गम्भीर दण्ड भोग्नुपर्ने’ चेतावनी दिँदै आक्रमणको कडा आलोचना गरेका छन् । 

इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले जवाफमा भनेका छन्, ‘यदि तेहरानबाट मिसाइल प्रहार जारी रह्यो भने, तेहरान आफैं जल्नेछ ।’

इजरायली सेनाका अनुसार इरानले हालसम्म २०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र सोभन्दा धेरै ड्रोन प्रक्षेपण गरिसकेको छ । जसको ठुलो हिस्सा अवरोध गरिएको दाबी गरिएको छ । इजरायली सेनाले जवाफी कारबाहीमा इरानभित्र १५० भन्दा बढी सैन्य र रणनीतिक लक्ष्यमाथि सयौं बम खसालेको दाबी गरेको छ । 

शनिबार बिहान दर्जनौं लडाकु विमानहरूले तेहरानको हवाई सुरक्षा प्रणालीलाई निशाना बनाउँदै आक्रमण गरेका थिए । 

इरानी राज्य सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको एक आवासीय क्षेत्रमा गरिएको इजरायली आक्रमणमा ६० जनाको मृत्यु भएको छ, जसमा २० जना बालबालिका थिए । राजधानीस्थित मेहराबाद विमानस्थलमा रहेको लडाकु विमानको ह्याङ्गर पनि निशाना बनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्