२० असार २०८३, शनिबार

मकवानपुर र धनुषामा भारी वर्षा, साना खोलामा बाढीको जोखिम

असार १, २०८२
काठमाडौं
मकवानपुर र धनुषामा भारी वर्षा, साना खोलामा बाढीको जोखिम

मकवानपुर र धनुषा जिल्लामा आइतबार बिहान भारी वर्षा भएको छ । वर्षाका कारण स-साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका आइतबार बिहान रजैया वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र हुँदै बहने स-साना खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुवानको सम्भावना हुने हुँदा होचो भू-भागमा रहने नागरिकहरूलाई सतर्क रहन भनिएको छ।

त्यसअघि बिहान ४:१५ बजे बजे धनुषास्थित चिसापानी बजार वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा भारी वर्षा मापन गरिएको उल्लेख गर्दै सम्भावित डुबानबाट सतर्क रहन आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्