०८ साउन २०८३, शुक्रबार

तेहरानस्थित तेल डिपोमा इजरायली हमला, इरानी आक्रमणमा सात जनाको मृत्यु

असार १, २०८२
काठमाडौं
तेहरानस्थित तेल डिपोमा इजरायली हमला, इरानी आक्रमणमा सात जनाको मृत्यु

इजरायल र इरानबीच जारी आक्रमणको क्रम तीव्र बनेको छ। इजरायली हमलामा तेहरानस्थित शाहरान तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ भने इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा कम्तीमा सात जनाको ज्यान गएको छ।

इरानी आक्रमणमा तेलअविव र हैफा लगायतका शहर लक्षित गरिएका थिए। घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी र सञ्चारमाध्यमका अनुसार ती आक्रमणमा सात जनाको मृत्यु भएको हो।

यसअघि इजरायली सेनाले इरानका नागरिक र ऊर्जा पूर्वाधारमा आक्रमण गरेको थियो। इजरायली सेनाले जारी विज्ञप्तिमा ती हमलालाई इरानी ‘परमाणु हतियार परियोजनासँग सम्बन्धित लक्ष्यहरू’माथिको कारबाही भनेको छ।

इरानी सञ्चारमाध्यमले अघिल्ला दुई दिनमा इजरायली आक्रमणका कारण कम्तीमा ८० जनाको मृत्यु र ८०० जना घाइते भएको जनाएका छन्। मृतकमध्ये २० जना बालबालिका रहेको उल्लेख गरिएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको छलफलमा इजरायल र इरानबीचको हिंसा अन्त्य हुनुपर्ने सहमति भएको बताएका छन्।

इजरायली आक्रमण जारी रहेको भन्दै इरानले अमेरिकासँको छैठौं चरणको परमाणु वार्ता स्थगित गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले यस्तो अवस्थामा वार्ता जारी राख्नुको कुनै औचित्य नरहेको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्