
सिन्धुलीका केही क्षेत्रमा आइतबार बिहान भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सिन्धुली भएर बहने खोलाहरूमा जलस्तर बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार रानीचुरी वर्षामापन केन्द्र र त्यस आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ ।
सो क्षेत्रमा बहने चन्दाहा, तीनपतानलगायत अन्य साना खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेकाले खोलानजिक र डुबान हुने होचो भूभागमा बसोबास गर्नेहरूलाई सतर्क रहन भनिएको हो ।
विभागले सम्भावित बाढी, डुबान र सतह कटानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।