१७ असार २०८३, बुधबार

सिंहदरबारमा सचेतकसँग सभामुखको छलफल

असार १, २०८२
काठमाडौं
सिंहदरबारमा सचेतकसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रहेका प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ । सभामुख घिमिरेले संसद्को क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सचेतकहरूलाई बोलाएका हुन् ।

आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक समेत बोलाइएको छ । 

विपक्षी दलको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको क्यालेन्डर (कार्यतालिका) प्रभावित भएको छ । 

जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेत अघि बढेको छैन । 

यिनै विषयमा सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका हुन् । छलफलमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा लगायत दलका मुख्य सचेतक तथा सचेतक सहभागी छन् । 

भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले संसद अवरोध गरेका थिए । प्रमुख विपक्षी दल माओवादी सदन खुलाउन सहमत भएपनि रास्वपा र राप्रपाको अवरोध कायमै छ । 

माओवादी सहमत भएसँगै सभामुख घिमिरेले रास्वपा र राप्रपाको विरोधबीच शुक्रबार सदनको कारबाही अघि बढाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्