
जाजरकोटको नलगाड नगरपालिका-७ चामेखेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट आठबीसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१प ६५५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मोटरसाइकल चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।