
रौतहटको महेशपुर आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार महेशपुर वर्षामापन केन्द्रमा विगत एक घण्टामा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
वर्षासँगै सो क्षेत्र हुँदै बग्ने नदीलगायत खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।