१० साउन २०८३, आइतबार
संसद्‌मा रास्वपाको नाराबाजी

रास्वपालाई कांग्रेसको प्रश्न– ५ वटा ठगी मुद्दा लागेको सभापति नहटाउनेले अरुलाई नैतिकताको पाठ सिकाउने ?

असार १, २०८२
काठमाडौं
रास्वपालाई कांग्रेसको प्रश्न– ५ वटा ठगी मुद्दा लागेको सभापति नहटाउनेले अरुलाई नैतिकताको पाठ सिकाउने ?

सत्तारुढ नेपाली कांग्रेसले सहकारी ठगीलगायत ५ वटा मुद्दा खेपेको व्यक्तिलाई पार्टी सभापतिबाट नहटाएको रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने भन्दै कटाक्ष गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने बताएका हुन् । 

‘सहकारी ठगीको मुद्दा खेपिरखेका व्यक्तिलाई पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? ५ वटा मुद्दामा जेलमा रहेका व्यक्तिलाई सभापतिबाट हटाउन नसक्नेले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ?,’ उनले भने ।​

null

घिमिरेले मन्त्रालयको एक कर्मचारी पक्राउ परेको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्नु आपत्तिको विषय भएको बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने मागसहित विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । शुक्रबारदेखि माओवादी केन्द्र संसद् खोल्न सहमत भएपछि रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् ।

रास्वपा सांसदको नाराबाजीका बाबजुद सभामुखले संसद्को बैठक अगाडि बढाएका छन् । संसद्‌मा बजेटमाथि छलफलको कार्यसूची छ ।

null

salt training

कमेन्ट गर्नुहोस्