
काठमाडाैं, ६ माघ-भारत उत्तर प्रदेशको एटा जिल्लाको अलीगञ्जमा बिहीबार विहान भएको सडक दुर्घटनामा कम्तिमा १३ बालबालिका सहित १४को मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा धेरै घाइते भएका छन् ।
असदपुर गाउमा एक ट्रक र स्कूल बस आमनेसामने हुँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जेएस विद्या पब्लिक स्कूलको बस बालुवाभरीएको ट्रकसँग ठोकिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा यूपीका मुख्यमन्त्री अखिलेश यादवले सवै घाइतेको निशुल्क उपचारको लागि निर्देशन दिएका छन् ।