
लगातार ५ कारोबार दिन बढेको सुनको भाउ आज स्थिर रहेको छ ।
आज सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारवबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भैरहेको छ ।