१५ असार २०८३, सोमबार

राप्रपा सांसदले संसद् बैठक बहिस्कार गरेको दिनको भत्ता नलिने

असार २, २०८२
काठमाडौं
राप्रपा सांसदले संसद् बैठक बहिस्कार गरेको दिनको भत्ता नलिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद्ले संसद् अवरुद्ध गरेको दिनको भत्ता नलिने भएका छन् । सोमबार बिहान बसेको राप्रपा संसदीय दलको बैठकले आफूहरूले संसद् अवरुद्ध गरेको दिनको भत्ता नदिन संसद् सचिवालयलाई पत्र लेखेका हुन् । 

बैठक बापत प्राप्त हुने भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गरिदिन राप्रपाले संसद् सचिवालयलाई आग्रह गरेको छ । 

आइतबार राप्रपाले संसद् अवरुद्ध गरेको थियो । संसद् अवरुद्ध गरेको दिनको eत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले बैठकले भत्ता नलिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

'उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद् बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौं,' संसद् सचिवालयलाई लेखिएको पत्रमा भनिएको छ, 'यसर्थ, उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।'

भिजिट भिसा प्रकरणमा संसद्‌मा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै राप्रपाले आइतबार बैठक बहिस्कार गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्