२५ असार २०८३, बिहीबार

अबिये मिसनमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली

असार २, २०८२
काठमाडौं
अबिये मिसनमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसन युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबियेमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मिसनमा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ६७ जना शान्ति सैनिक सेनानी भोला कुमार कार्कीको नेतृत्वमा असार २ गते स्वदेश फर्किएका हुन् ।

यसअघि, चौथो डफ्फाका ७७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा जेठ ३० गते संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत अबिये मिसनतर्फ प्रस्थान गरेका थिए ।

null

हाल सो मिसनमा १०७ जना नेपाली शान्ति सैनिकले सेवा दिइरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विभिन्न देशमा शान्ति स्थापनार्थ सैनिक खटाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्