१३ असार २०८३, शनिबार

धवल शम्शेरसँग ३ लाख धरौटी माग

असार २, २०८२
काठमाडौं
धवल शम्शेरसँग ३ लाख धरौटी माग

काठमाडौं जिल्ला अदालतले राप्रपा महामन्त्री डा. धवल शम्शेर राणासँग ३ लाख रूपैयाँ धरौटी मागेको छ । 

न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार थुनछेक बहसपछि ३ लाख धरौटी माग्ने आदेश गरेको  सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए । 

गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले अभियोजन गर्दा अदालतमा उपस्थित नभएका राणा सोमबार बयानका लागि उपस्थित भएका थिए । 

राणासँगै पक्राउ परेर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशपछि छुटेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालत उपस्थित भएका छैनन् । 

राजावादी समूहले चैत १५ गते काठमाडौंमा गरेको हिंसात्मक प्रदर्शनपछि उनीहरू पक्राउ परेका थिए । 

यही घटनामा दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

null
 

salt training

कमेन्ट गर्नुहोस्