२० असार २०८३, शनिबार

दुई महिनापछि बस्यो उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक

असार ४, २०८२
काठमाडौं
दुई महिनापछि बस्यो उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको छ । 

आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्तालगायत छन् ।     
 

salt training

कमेन्ट गर्नुहोस्