
नवलपरासीको दुम्कीवासमा बिहानदेखि बन्द भएको यातायात सञ्चालनमा आएको छ ।
विनयी खोलामा बनाएको अस्थायी डाइभर्सन गएराति परेको पानीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत उक्त क्षेत्रमा यातायात सञ्चालन रोकिएको थियो ।
अहिले डाइभर्सन बनाएर एकतर्फी सवारी सञ्चलन गरिएको सडक डिभिजन चितवनले जनाएको छ ।