१० साउन २०८३, आइतबार

सत्ता साझेदार दलहरूबीचको बैठकमा के-के विषयमा भयो छलफल ?

असार ४, २०८२
काठमाडौं
सत्ता साझेदार दलहरूबीचको बैठकमा के-के विषयमा भयो छलफल ?

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक सम्पन्न भएको छ।

 बैठकमा संसद्‌को अवरोध हटाउने, विधेयकहरू पारित गर्न सहमति जुटाउने र समसामयिक राजनीतिक विषयमा सहकार्य अघि बढाउने विषयमा छलफल भएको बैठकपछि सहभागी एक नेताले जानकारी दिए । 

सरकारलाई संसदमा प्रभावकारी काम गर्ने बाटो खुलाउने उद्देश्यले गरिएको बैठकमा अहिले पारित हुने चरणमा रहेका विधेयकहरू छिट्टै निष्कर्षमा पुर्‍याउने सहमति बनेको उनको भनाइ छ। यस्तै विशेषगरी निजामती विधेयकबारे पनि छलफल भएपनि ठोस सहमति नबनेको बताइएको छ । 
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का लगायत नेताहरू सहभागी थिए।

salt training

कमेन्ट गर्नुहोस्