२६ असार २०८३, शुक्रबार

हिजो सरेको तीन दलका शीर्ष नेताको बैठक आज बस्दै

असार ५, २०८२
काठमाडौं
हिजो सरेको तीन दलका शीर्ष नेताको बैठक आज बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै छ । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू सहभागी हुने  प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिए । 

उनका अनुसार यसअघि बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आज बस्न लागेको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्