०९ असार २०८३, मंगलबार

देश विभिन्न जिल्लामा वर्षा, सतर्कता अपनाउन अनुरोध

असार ५, २०८२
काठमाडौं
देश विभिन्न जिल्लामा वर्षा, सतर्कता अपनाउन अनुरोध

अहिले देशका विभिन्न  जिल्लामा पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेशको झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा पानी परिरहेको छ ।

त्यसैगरी, बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा पनि पानी परिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार  मधेश र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि पानी परिरहेको छ । वर्षा भइरहेका जिल्लामा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्