
आफ्नै छोरीलाई बाल विवाह गराउने पर्साकी एक महिला पक्राउ परेकी छन् ।
यही असार १ गते बिहान ८ बजेतिर उनले ४ लाख ८० हजार रूपैयाँ लिएर विभिन्न प्रलोभन देखाइ उमेर नपुगेकी छोरीको विवाह गराएको प्रहरीले जनाएको छ ।
उनले आफ्नी छोरीलाई तीन गुणा बढी उमेर भएका पुरुषसँग विवाह गराएको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलालाई बुधबार पक्राउ गरेको हो ।
उनीमाथि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए ।