
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू घाटीमा निलो रिबन भिरेर संसद् बैठकमा उपस्थित भएका छन् ।
प्रधानमनत्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिने दिनमा पनि उनीहरू निलो रिबन भिरेर संसद् पुगेका हुन् ।
यसअघि सोमवारको बैठकमा निलो रिबन भिरेर गएका थिए । अमर्यादित पोशाक लगाएर आएको भन्दै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले रास्वपा सांसदलाई बैठकबाट बाहिर निकाल्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
मानव बेचबिखन विरुद्धको प्रतीक भएकोले यस्तो रिबन लगाइएको रास्वपा सांसदहरूले बताएका छन् ।
रास्वपा सांसदले संसद्मा विरोध गरिरहेका छन् । प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न सभामुख देवराज घिमिरेले रास्वपा सांसदसँग आग्रह गरेका छन् ।