
घरको बरण्डाबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका– १० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको शुक्रबार बरण्डाबाट लडेर मृत्यु भएको हो ।
आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यकालले जानकारी दिएको छ ।
उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लडेकी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।