
इरानसँग युद्ध चलिरहेका बेला इजरायलले गाजामा पनि आक्रमण जारी राखेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार हिजोराति राहत सामग्री वितरण केन्द्रहरू नजिक इजरायली सेनाले गरेको गोलीबारीमा कम्तिमा २३ जनाको मृत्यु भएको छ।
गाजाका अधिकारीहरूले भनेका छन् कि राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिएका छन्।
इजरायली सेनाले हालैको घटनामा कुनै आधिकारिक बयान दिएको छैन।
यसअघि इजरायली सेनाले चेतावनीको लागि मात्र गोली चलाउने बताएको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत महिनाको अन्त्यदेखि राहत सामग्रीको लागि भेला हुने क्रममा ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।