१९ असार २०८३, शुक्रबार

भाेलिका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

असार ६, २०८२
बुटवल
भाेलिका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफलका लागि शनिबार बाेलाइएकाे लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भाेलि (शनिबार) बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको छैटौं अधिवेशनको चौधौं बैठक स्थगित भएको जानकारी गराएको हो ।

शनिबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको छैटौं अधिवेशनको चौधौं बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ ।

बैठक स्थगित हुनुको कारण नखुलाइए पनि बजेटप्रति सत्ता पक्षका सांसदहरूसमेत असन्तुष्ट भएकोले स्थगित गरिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्