०५ असार २०८३, शुक्रबार

ढुंगाले हानेर युवकको हत्या, १ जना पक्राउ

असार ६, २०८२
बुटवल
ढुंगाले हानेर युवकको हत्या, १ जना पक्राउ

बुटवलमा युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका ३६ वर्षीय बालकृष्ण न्यौपाने रहेका छन् । 

प्रहरीका अनुसार न्यौपानेले शुक्रबार बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकानगर आईसीआई पथमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय ज्योति विकको टाउको तथा निधारको भागमा ढुंगाले हानी हत्या गरी फरार भएका थिए ।

फरार न्यौपानेलाई लुकीछिपी बसेको अवस्थामा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्