३१ जेठ २०८३, आइतबार

ढुङ्गा प्रहारबाट युवकको मृत्यु

असार ६, २०८२
झापा
ढुङ्गा प्रहारबाट युवकको मृत्यु

ढुङ्गा प्रहारबाट झापाको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।

ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५:३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एक आपसमा विवाद भएको थियो ।

दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए ।

घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए  ।

लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्