
बेनीमा शनिबारदेखि सञ्चालन हुन लागेको रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को तयारी पूरा भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा असार ११ गतेसम्म हुने प्रतियोगिता म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको हो । सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बानियाँले बताए ।