३१ जेठ २०८३, आइतबार

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

असार ६, २०८२
रौतहट
सङ्घीय निजामती विधेयक असारभित्रै आउने

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताएका छन् । 

आज गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले सङ्घीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताए । उनले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताए । 

गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालको अध्यक्षतामा  सम्पन्न नगरसभामा उपप्रमुख पुनम चौधरीले आगामी आर्थिक वर्ष  २०८२/८३ को संशोधित बजेट, कार्यक्रम तथा योजनाको विवरण प्रस्तुत गरेका थिए । नगरसभाले रु ६९ करोड २६ लाख १७ हजार ३६७ आयव्ययसहितको बजेट प्रस्तुत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्