
इजरायलका रक्षामन्त्री इजरायल काट्जले शनिबार इरानी शहरमा रहेको एक आवासीय भवनमा आईडीएफले गरेको आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डर मारिएको दाबी गरेका छन् ।
इजरायली आक्रमणमा इरानी सेनाका वरिष्ठ कमाण्डर सईद इज़ादी मारिएको उनको दाबी छ । 'यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो,' उनले भने ।
इजादी इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य थिए। यो इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक शाखा हो।
यद्यपि, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अहिलेसम्म इजादीको मृत्युको पुष्टि नगरेको बीबीसीले जनाएको छ ।