
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।
सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनः बैठकमा आएका छन् ।
कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।
रास्वपाका प्रवक्ता मनीष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको बताए ।
'सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौं, हामी संसद् भवन मै छौं, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौं,' उनले भने ।