३१ जेठ २०८३, आइतबार

करेन्ट लागेर दुई जनाको मृत्यु

असार ७, २०८२
काठमाडौं
करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनपुर र रौतहटमा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका-९ ‘ख’ गाउँस्थित कोपिला टोल बस्ने देवबहादुर कुँवरको छोरा ६ वर्षीय आर्यन कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । 

छिमेकीको घर अगाडि ग्यारेजमा पार्क गरी राखेको से १ त १३७१ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टरको छत (फलामको डण्डीमा) विद्युतको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, रौतहटको फतुवा विजयपुर नगरपालिका-५ बस्ने २२ वर्षीय सावल कुशवाहाको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको  छ । 

सोही नगरपालिका-६ रामदासी टोलस्थित खेतबारीमा पानी लगाउने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्