३० असार २०८३, मंगलबार
सानो गौचरनको स्तरोन्नति

व्यवस्थित खेल मैदानमा रूपान्तरण हुँदै सानो गौचरन [फोटोफिचर]

असार ८, २०८२
काठमाडौं
व्यवस्थित खेल मैदानमा रूपान्तरण हुँदै सानो गौचरन [फोटोफिचर]

काठमाडौं महानगरपालिका–५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रूपान्तरण हुँदैछ ।

करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।

करिब १८ रोपनीमा बन्न लागेको खेल मैदान २०८१ मंसिर १३ गते काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शिलान्यास गरेकी थिइन् । १८ करोड ८७ लाख रूपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ । 

null

मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेजिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिनेछन् ।

हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ । २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीको लागि पार्किङ स्थान बनाइनेछ ।

बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहनेछन् भने ग्राउण्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फर्स्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन् ।

null

साथै, नजिकैको ५ रोपनी जमिनमा बास्केटबल, टेबल टेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ । निर्माण कार्य २०८२ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

nullnull

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्