२१ जेठ २०८३, बिहीबार

अमेरिकाको साथ पाएपछि आक्रामक बन्यो इजरायल, पश्चिम इरानका सैन्य केन्द्रहरूमा हमला

असार ८, २०८२
काठमाडौं
अमेरिकाको साथ पाएपछि आक्रामक बन्यो इजरायल, पश्चिम इरानका सैन्य केन्द्रहरूमा हमला
फाइल तस्वीर

इजरायली सेनाले पश्चिम इरानमा रहेका सैन्य केन्द्रहरूमा हवाई आक्रमण शुरू गरिएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार पछिल्लो एक घण्टाभित्र इरानबाट इजरायली भूमिमा मिसाइल प्रक्षेपण भएको पहिचान गरेपछि इजरायली वायुसेनाले जवाफस्वरूप उक्त हमला थालेको हो ।

आईडीएफले थप जानकारी दिँदै इरानी भूमिमा रहेका मिसाइल लन्चरहरूलाई पनि लक्षित गरेर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

गएराति मात्र इरानका न्युक्लियर साइट्सहरूमा अमेरिकाले बमबारी गरेको थियाे । अमेरिकाको साथ पाएपछि इजरायल थप आक्रामक बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्