
बाजुराको गौमुल गाउँपालिकाका एक जना पूर्ववडा सदस्य खोलाले बगाएर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गौमुल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार बोहरा पूर्ववडा सदस्य हुन् ।
पानी घट्टका लागि जाँतो तार्ने क्रममा उनलाई गेरेनी खोलाको बाढीले बगाएको हो ।
प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।