०३ साउन २०८३, आइतबार

कोशीको बजेटमा सत्तापक्षकै सांसद असन्तुष्ट, राजीनामाको चेतावनी

असार ८, २०८२
विराटनगर
कोशीको बजेटमा सत्तापक्षकै सांसद असन्तुष्ट, राजीनामाको चेतावनी
फाइल फोटो

कोशी प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षीय सांसदहरू नै असन्तुष्ट देखिएका छन् ।

आइतबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा कांग्रेसका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।

पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले बजेट चित्त बुझ्दो नभएको भन्दै सांसद पदबाटै राजीनामा दिने चेतावनी दिएका हुन् । कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउनुपर्ने उनको भनाइ छ । ‘ठूला दल सहभागी सरकारले ल्याएको बजेट न केन्द्रमा सन्तुलित देखियो न प्रदेशमा । बजेट जनताका लागि हुनुपर्छ कि मन्त्रीका लागि हुनुपर्छ ? यो मन्त्रीका लागि बनाइएको बजेटमा हामी जान सक्दैनौं भनेर उहाँले कडा आलोचना गर्नुभयो,' बैठकमा सहभागी एक सांसदले भने ।

बैठकमा सहभागी ती सांसदका अनुसार मन्त्री राईले 'बजेट करेक्सन गर्न सक्दैनौं भने संसदीय दलले मन्त्री फिर्ता बोलाऊ, त्यो पनि सक्दैनौं भने संसदीय दलबाट राजीनामा देऊ । त्यो सबै कुरा हुँदैन भने हाम्रो राजीनामा स्वीकृत गर' भन्दै आलोचना गरेका थिए ।

अहिलेसम्मका राजनीतिक नियुक्तिहरूमा सन्तुलन भएको छ कि छैन भनेर बैठकमा प्रश्न उठाइएको थियो ।

२०१५ सालमा बीपी कोइरालाले ल्याएको बजेटको प्रभाव देखेर आर्थिक व्यवस्थापनको नमूना व्यक्तिका कारण कांग्रेसी भएको र आज त्यही पार्टीले बजेट बनाउँदा सन्तुलित नभएको भन्दै सांसदहरूले मन्त्रीहरूप्रति आक्रोस पोखेका थिए । 

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, अमृत अर्याललगायतका नेताहरूले बजेटले सैद्धान्तिक मर्मभन्दा फरक ढंगबाट निर्माण भएको आरोप लगाए । ‘नीतिगत रूपमा बजेट ठीक ठाउँबाट नआएको भन्दै धेरै सांसदहरूले प्रश्न उठाएका बैठकमा सहभागी प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले बताए । 

प्रदेशसभा सदस्य लिम्बूले  पर्यटनमन्त्री सदान्नद मण्डलले आफ्नो क्षेत्रमा मात्रै बजेट लगेको भन्दै आपत्ति जनाए ।

गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले  आर्थिक वर्ष २०८२/०८३ को बजेट  प्रदेशसभा पेस गरेका थिए । उनले आफैंले ल्याएको बजेटमा केही गल्ती भएको स्विकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्