
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् ।
आज बिहान काठमाडौंदेखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना भएको हो ।
घाइते हुनेमा सात जना भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको राईले बताए ।
बसमा २५ जना सवार थिए । बाँकी १५ जना भने गन्तव्यतिर गएको उनले बताए। चालक फरार छन् ।