बारा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बाराको पचरौता नगरपालिका-२ बिसनपुर बस्ने ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौली बस्ने १८ वर्षीय प्रदीप लोधको करेन्ट लागेर आइतबार दिउँसो नै मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतीय पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाइफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।