२६ असार २०८३, शुक्रबार

युक्रेनमाथि रुसको थप हवाई हमला, किभमा कम्तीमा सात जनाको मृत्यु

असार ९, २०८२
काठमाडौं
युक्रेनमाथि रुसको थप हवाई हमला, किभमा कम्तीमा सात जनाको मृत्यु

युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । 

युक्रेनी आन्तरिक मामिला मन्त्री इहोर क्लिमेन्कोका अनुसार रुसले गरेको मिसाइल र ड्रोन आक्रमणले आवासीय क्षेत्र, अस्पताल र खेलकुद पूर्वाधारलाई क्षति पुर्‍याएको छ ।

किभका मेयर भिटाली क्लिच्कोका अनुसार राजधानीको एक बहुमञ्जिला आवासीय भवनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने किभमा मात्र २२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

युक्रेनी वायु सेनाले पछिल्लो आक्रमणमा ३५२ वटा ड्रोन र १६ वटा मिसाइल प्रयोग गरिएको जनाएको छ । जसको मुख्य निशाना किभ क्षेत्र नै रहेको थियो । युक्रेनको आपतकालीन सेवा विभागले सार्वजनिक गरेको भिडियोमा एक उच्च आवासीय भवनमा आगो लागेको र त्रसित नागरिकलाई उद्धार गर्दै बाहिर ल्याइरहेको दृश्य देखिन्छ ।

स्थानीय अधिकारीहरूका अनुसार एक भूमिगत मेट्रो स्टेशनको प्रवेशद्वार पनि क्षतिग्रस्त भएको छ । आक्रमणको त्रासबीच धेरै नागरिकले रातभरी मेट्रो स्टेसनमै शरण लिए ।

राजधानीभन्दा दक्षिणतर्फ रहेको बिला त्सेर्कभा शहरमा पनि एक अस्पतालमा ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसअघि मंगलबार राति गरिएको अर्को रूसी आक्रमणमा किभमा कम्तीमा २८ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका थिए । यो आक्रमण २०२२ फेब्रुअरीमा शुरू भएको रूस–युक्रेन युद्धपछिको राजधानीमाथिको सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार लन्डन प्रस्थान गर्दै छन् । उनले त्यहाँ बेलायती नेतृत्वसँग द्वन्द्व र सुरक्षा सहायता सम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्