२२ जेठ २०८३, शुक्रबार

न्युक्लियर बम बनाउने नेपालको योजना छ/छैन ? सांसदको प्रश्नमा रक्षामन्त्रीको जवाफ

असार ९, २०८२
काठमाडौं
न्युक्लियर बम बनाउने नेपालको योजना छ/छैन ? सांसदको प्रश्नमा रक्षामन्त्रीको जवाफ
तस्वीरमा बायाँबाट क्रमश: मन्त्री राई र सांसद मोदी

न्युक्लियर बम बनाउने नेपालको योजना भए/नभएको बारे सांसदले रक्षामनत्री मानवीर राईलाई प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको रक्षामन्त्रीले जवाफपछि मन्त्रीलाई पूरक प्रश्न सोध्ने क्रममा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले त्यस्तो प्रश्न सोधेका थिए ।

‘नेपालका १८ वर्ष पुगेका युवालाई सैनिक तालिम दिने  योजना छ/छैन ? संसारभरि धेरै मुलुकले दिइरहेका छन्,’ मोदीले प्रश्न गरे, ‘हाम्रो देशमा न्युक्लियर बम बनाउने योजना छ/छैन ? किनभने संसारभरि बनाइराखेका छन् ।’ 

जवाफमा मन्त्री राईले अहिले माध्यमिक विद्यालयमा सरकारले रक्षा दलको तालिम दिइरहेको र माग अनुसार पुर्‍याउन नसकेको बताए । ‘आगामी दिनमा आर्थिक अवस्था राम्रो हुँदा दिन सकिन्छ,’ मन्त्री राईले भने । 

न्युक्लियर बम बनाउने योजना सम्बन्धमा भने कुनै तयारी नभएको मन्त्री राईले जवाफ फर्काए । ‘विभिन्न मुलुकमा बम बनाइरहेको भन्ने प्रश्न सन्दर्भमा यी विषय हाम्रो आवश्यकता र नेपाल सरकारले निर्णय गरे अनुसार भोलिको दिनमा होला । अहिले नै यो गर्छौं त्यो गर्छौं भनिहाल्नु उपयुक्त नहोला,’ मन्त्री राईले जवाफ फर्काए । 

पहिलो संविधानसभाको कालखण्डमा माओवादी केन्द्रले १८ वर्ष पुगेका युवालाई सैनिक तालिम दिनुपर्ने प्रस्ताव ल्याएको थियो ।

अमिक शेरचन सभापति रहेको राष्ट्रिय हित सरोकार समितिमा यो विषयमा प्रस्ताव ल्याए पनि कांग्रेस–एमालेले विरोध जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्