
महोत्तरीमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
मनरासिसवा नगरपालिका-३ सुनौल बस्ने ७५ वर्षीय रामगुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको सोमबार बिहान मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।