
होटल सङ्घ नेपाल (हान)ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
हानको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो । सुझाव ग्रहण गर्दै गभर्नर डा पौडेलले सकारात्मक प्रतिक्रिया दिएको हानले विज्ञप्तिमार्फत जनाएको छ ।