
सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीलद्वय कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गरिएको ती मन्त्रीको भनाइ छ ।