२३ असार २०८३, मंगलबार

इरानी मिसाइल आक्रमणपछि दोहास्थित नेपाली दूतावासको अपिल : सतर्क रहनुहोस्, यथास्थानमै बस्नुस्

असार ९, २०८२
काठमाडौं
इरानी मिसाइल आक्रमणपछि दोहास्थित नेपाली दूतावासको अपिल : सतर्क रहनुहोस्, यथास्थानमै बस्नुस्

 कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा गरिएको मिसाइल आक्रमणपछि दोहामा रहेको नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै दूतावासले हालको सुरक्षा परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्त र संयमित रहन र तत्कालका लागि यस्थास्थानमै रहन अनुरोध गरेको हो।

दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, "वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौं। कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशनको पूर्ण पालना गर्नुहोस्।"

साथै, दूतावासले आपतकालीन अवस्था वा आवश्यक सहयोगका लागि आफू सधैँ नेपालीहरूको साथमा रहेको जानकारी गराउँदै आवश्यक खण्डमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्