१९ असार २०८३, शुक्रबार

सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने

असार १०, २०८२
काठमाडौं
सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने

इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको नेपाल एयरलायन्सले जनाएको छ । 

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर, त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला उडान रद्द भएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलपत्र परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्