०६ साउन २०८३, बुधबार
प्रतिनिधि सभा बैठक

संसद्‌मा गृहमन्त्रीको जवाफ– सबै दलको भावना सम्बोधन गर्नेगरी बनेको छानबिन समितिले समाधान दिन्छ

असार १०, २०८२
काठमाडौं
संसद्‌मा गृहमन्त्रीको जवाफ– सबै दलको भावना सम्बोधन गर्नेगरी बनेको छानबिन समितिले समाधान दिन्छ

गृहमन्त्री रमेश लेखकले अध्यागममा देखिएका यावत समस्या समाधानका लागि संसद्मा रहेका सबै दलको भावना समेटनेगरी छानबिन समिति गठन गरिएको बताएका छन् । समितिले अध्यागमन क्षेत्रको समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन दिने उनले बताए । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर मन्त्री लेखकले ९ बुँदे कार्यादेशसहित नेपाल सरकारका पूर्वमुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा समिति गठन गरिएको जानकारी गराएका हुन् । 

समितिले विषयको ठीक ढंगले पहिचान गरेर आवश्यक सुधार सहितको प्रतिवेदन दिएपछि त्यसलाई समग्रतामा सम्बोधन गरिने उनले बताए । ‘सदनमा उठेका सबै भावनालाई समेटेर उच्चस्तरीय समिति गठन गरिएको छ । अध्यागमनका समग्र विषयमा देखिएका समस्या समाधान गर्नेगरी सुझाव दिने छ,’ मन्त्री लेखकले भने । 

अख्तियारले गरिरहेको काम प्रभावित नगर्नेगरी, भिजिट भिसालगायत सुझाव सहितको प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ । ६ मन्त्रालयका प्रतिनिधिसहित समिति गठन गरिएको मन्त्री लेखकले जानकारी गराए । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध भएपछि सरकारले समिति गठन गरेको हो । 

माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति तथा रास्वपा र राप्रपासहितका दलको माग बमोजिम समिति गठन गरिएको मन्त्री लेखकले बताए । समितिले ३० दिनभित्र आफ्नो प्रतिवेदन सरकारलाई दिने र सो सुझाव समितिले काम गर्ने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्