२३ असार २०८३, मंगलबार

६ जना इजरायली जासुस नियन्त्रणमा लिइएको इरानको दाबी

असार १०, २०८२
काठमाडौं
६ जना इजरायली जासुस नियन्त्रणमा लिइएको इरानको दाबी
फाइल फोटो

इरानको हामदान प्रान्तमा इजरायली खुफिया एजेन्सी मोसादका लागि काम गर्दै आएका ६ जना जासूस पक्राउ परेका छन् ।

इरानको मेहर न्यूज एजेन्सीका अनुसार देशद्रोही गतिविधिमा संलग्न ती व्यक्तिहरू हामदान, रजन् र नहावन्द शहरहरूमा सक्रिय थिए । 

उनीहरू इजरायली गुप्तचर संस्था मोसादका योजनाहरू इरानमा लागू गर्ने प्रयासमा रहेको इरानले बताएको छ ।

साइबर स्पेसमार्फत गतिविधि सञ्चालन गर्दै आएका ती व्यक्ति विदेशी एजेन्टसँग सम्पर्कमा रहेको र सामाजिक अस्थिरता फैलाउने, जनमत बिगार्ने तथा इरानको छवि धमिल्याउने काममा लागेको इरानको दाबी छ ।

तर, इरानी गुप्तचर निकायले गरेको सूक्ष्म निगरानी र कारबाहीका कारण उनीहरूको योजना विफल भएको न्यूज एजेन्सीले बताएको छ ।

पक्राउ परेकाहरू हाल अनुसन्धानको क्रममा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्